Sun Dec 22 2024

संसारभरि सुनमा लगानी गर्न पाइन्छ, किन पाइँदैन नेपालमा ?


२६ चैत्र २०८०, सोमबार  

0
Shares

संसारभरि लगानीको सबैभन्दा सुरक्षित क्षेत्र मानिने सुनलाई नेपालमा भने सांस्कृतिक प्रयोगका लागि मात्रै खुला गरिएको छ । कानुनी रूपमा नेपालमा सुनमा व्यावसायिक लगानी गर्न पाइँदैन ।

अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा वा अरू औद्योगिक क्षेत्रमा मन्दी छाउँदा पनि सुनमा लगानी बढ्न जान्छ । विश्वका हरेक केन्द्रीय बैंकले सुरक्षाका लागि सुन भण्डारण गर्छन् ।

कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिन सक्छन्, तर सुन सबै देशको साझा सम्पत्ति हो । मूल्य जति बढ्दै जान्छ, महत्त्व त्यति धेरै बढ्दै जान्छ । नेपालमा पनि केन्द्रीय बैंकले सुनमा लगानी गरेको छ ।

पछिल्ला केही वर्ष हेर्दा सुनको मूल्य उच्च दरले बढिरहेको छ । अमेरिका, भारतसहित विश्वभरिका केन्द्रीय बैंकले सुन भण्डारण उच्च दरले बढाएपछि मूल्य अझै बढ्ने प्रक्षेपण भइरहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ३० बजे