जेष्ठ २५ गते रोटरी क्लब गोकर्णेश्वर्का प्रेसिडेन्ट मेनुका घिमिरेको को नेतृत्वमा रोटरी क्लबका सदस्य हरु को प्रतीनिधी मण्डल द्वारा अरुणोदय सामुदायिक माद्यमिक बिद्यालय, आरुबारि, गोकर्णेश्वर्-९, काठमाडौं का ३० जना गरीब तथा जेहेन्दार बालबालिका हरुलाई स्कुल ड्रेस नि:शुल्क बितरण गरियो ।
स्कुल ड्रेस बितरण कार्यक्रममा रोटरी इन्टर्नेसनल डिस्ट्रीक्ट-३२९२ का न्यू क्लब एड्भाइजर प्रभात योन्जन तथा रोटरी क्लब गोकर्णेश्वोर का चार्टर प्रेसिडेन्ट दुर्गा देवी मैनाली को सकृय उपस्थिती रहेको थियो ।

निशुल्क स्कुल ड्रेस बितरण कार्यक्रम लाई सबोधन गर्दै प्रेसिडेन्ट मेनुका घिमिरे ले यस अभियान लाई सफल बनाउन उलेख्य नगद सहयोग गर्नु हुने हेल्पिङ ह्याण्ड्स फोर हेल्प नेपालका प्रती निधी श्री लिन्डा जे ज्याक्सन तथा न्यू क्लब एड्भाइजर प्रभात योन्जन लाई मुरी मुरी धन्यवाद ज्ञापन गर्नु भयो ।
” बाल बालिका लाई जस्तो सुकै पेरिसथितिमा पनि बिद्यालय जानबाट बन्चित गरिनु हुन्न,त्यस्तो पर्सिथिती देखिएमा रोटरी जस्ता समाजिक सस्था हरु सकृय रुपमा सहभागी भाई बाल बालिका लाई बिद्यालय जान सहयोग गर्नु पर्छ ” चारटर प्रेसिडेन्ट दुर्गा देवी मैनाली ले कार्यक्रम्लाई सम्बोधन गर्दै आफ्नो बिचार राख्नु भयो ।