Sun Jan 12 2025

वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री


२६ चैत्र २०८०, सोमबार  

0
Shares

अर्थमन्त्री वर्षमान पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणाको मागमा आफ्नो समर्थन रहेको बताए

मधेस प्रदेश सरकारसँगको समन्वयमा वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।

‘लोकतन्त्रमा सरकारले नागरिकका आवाज सुन्नैपर्छ,’ मन्त्री पुनले भने, ‘वीरगञ्ज आर्थिक केन्द्र नै हो । औद्योगिक नगरी नै हो ।’

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ३५ बजे