Fri Feb 6 2026

लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छ : अर्थमन्त्री


२६ चैत्र २०८०, सोमबार  

0
Shares

 काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानुन संशोधन गरिने बताएका छन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए । लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ३६ बजे